छोरीलाई संसार देखाएर आफूले संसार छोडिन कौशिलाले

by

in

मंसिर २६ दाङ । दाङ बबई गाउँपालिका वडा नं. ५ जलुकेकी ३० बर्षिया कौशिला नेपालीलाई मंसिर २३ गते सुत्केरी व्यथा लाग्यो । सुत्केरी हुन कौशिला, उनका श्रीमान यम वहादुर र अन्य आफन्ति सहित तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले केश जटिलको कारण देखाउदै तुरुन्त नेपालगञ्ज लैजान सल्लाह दियो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सहजै बच्चाको जन्म होला भन्ने आशाका साथ आएका यम वहादुरलाई नेपालगञ्ज लैजानु पर्छ भन्दा आकाशै खसे झै भयो । आर्थिक अवस्था कमजोर भएका यम वहादुरलाई अव के गरम कसो गरम भयो । नेपालगञ्ज लैजान पैसा छैन । लैजाम पैसा छैन नलैजाम श्रीमती र बच्चालाई केहि होला भन्ने डर भयो यम वहादुरलाई । पैसाको अभावले यम वहादुरलेको घोराही राप्ती विज्ञान प्रतिष्ठानमा लैजाने निधो गरे । एम्बुलेन्समा लैजाने पैसा नभएर सार्वजनिक बसमा चढाएर सुत्केरी व्यथा लागेकी श्रीमतीलाई लैजान बाध्य भए ।

राप्ती विज्ञान प्रतिष्ठानमा सुत्केरी व्यथाले आलसतालस भएकी श्रीमतीलाई आफन्तिको जिम्मा लगाएर यम वहादुर पैसाको जोहो गर्न गाउँ आए । गाउँमा आएर ऋण सापटी गरी उनी अस्पताल गए । मंसिर २३ गते बेलुका ५ बजे कौशिलाले अप्रेसन मार्फत छोरीलाई संसार देखाइन् । सुत्केरीको अवस्था सामान्य छ भनेर कौशिलालाई वार्डमा सारियो । ३,४ पटक छोरीलाई दुध पनि चुसाइन । मंसिर २४ गते विहान ५बजे तिर कौशिलाले एक्कासी पेट दुख्यो भनिन् । डाक्टरलाई बोलाएर देखाउदा आइसियु राख्ने सल्लाह दिए । कौशिलालाई आईसियुमा राखियो । आईसियुमा राखेको केहि समय पछि डाक्टरले कौशिलालाई मृत घोषणा गरे । कौशिलाले छोरीलाई संसार देखाएर आफू संसार छोडेर गइन् ।

उनको मृत्यु भएको आज ३ दिन भयो । कौशिलाले संसार छोडेर गइन तर यता ४ दिनको छोरीको विचल्ली भएको छ । ४ दिनकी छोरीले आमा र दुध खान खोजे रहेछिन् । आमाको न्यानोपन खोजि रहेकी छिन् । विचरा यम वहादुर लाचर भएर टह टह गरेर आमा खोजिरहेकी छोरी हेर्न बाध्य भएका छन् । यम वहादुरलाई आफूसंग पैसा नभएर श्रीमतीको ज्यान भएको भन्ने हिनतबोध भएको छ । ‘मसंग पैसा भएको भए आज छोरीले आमाको दुध खाइरहेको हुन्थी’, यम वहादुर भन्छन् ‘पैसा नहुँदा नेपालगञ्ज लग्न सकिएन पैसाको अभावमा श्रीमती गुमाउनु प¥यो ।’ ४ दिनकी छोरीलाई अव कसरी बचाउने भन्ने चिन्ता यम वहादुरलाई छ । ९ बर्षको छोरा आमाको क्रिया बसेका छन् ।