आमाको मिर्गौला फेल भए`पछि छोराले आफ्नो एउटा मिर्गाैला प्रदान गरी आमा`लाई बचाए !

by

in

ललितपुर, महा`लक्ष्मी नगरपालिका-५ टिका`थलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्री महर्जनको बुधबार सफलता`पूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको छ । उहाँ`लाई उहाँकै २२ वर्षे छोरा जर्ज मह`र्जनले आफ्नो एउटा मि`र्गाैला प्रदान गर्नु`भएको हो ।

ललितपुरको ग्वार्को`स्थित किस्ट मेडि`कल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा.नारायण भुषालको नेतृत्वमा चिकित्स`क टोलीले मिर्गाैला प्रत्यारो`पण गरेको हो ।

प्रत्या`रोपण टोलीमा किस्ट अस्प`तालका मिर्गौला प्रत्या`रोपण नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्री, इन्टरनल मेडि`सिनका डा.निकेश बज्राचार्य, एनेस्थेसिया विभा`गका प्राडा रामभक्त कोजु, डा.महालक्ष्मी देउजा र डा.स्मृति कोइ`रालाको साथै नर्सहरू, एनेस्थेसिया विज्ञका साथ मुटुरोग विशेष`ज्ञको टोली खटिएको थियो । मिर्गौला प्रत्यारोपण गर्नुभन्दा चार दिन अघिदेखि छोरा जर्ज र आमा सावित्री`लाई अस्प`तालमा भर्ना गरिएको थियो ।

चिकित्सकहरूका अनुसार मिर्गाै`ला दिने दाताबाट मिर्गाैला झि`केको करीब ३ घण्टाभित्रै ग्रहण`कर्तामा मिर्गाैला प्रत्या`रोपण गर्नुपर्ने हुन्छ भने मिर्गौला प्रत्यारोपण गर्न सामान्यतः ६ देखि ८ घण्टा लाग्दछ ।

मर्हजनको मिर्गाैला प्रत्यारो`पणका लागि झण्डै ६ घण्टा लामो शल्यक्रिया गर्नुपरेको प्रत्या`रोपणमा संलग्न चिकित्स`कले बताए ।मिर्गाैला प्रत्यारोपणमा झण्डै ९० प्रति`शत महिलाले पुरुष (बाबु, श्रीमान्, छोरा, भाइ, दाइ, काका) लाई मिर्गाैला दिँदै आएको पाइन्छ । किस्ट अस्प`तालमा पनि यसअघि मिर्गाै`ला प्रत्या`रोपण गरिएका १९ वटा घटनामा धेरै`जसो पत्नीले पतिलाई, दिदीले बहिनी`लाई र आमाले छोरा`लाई मिर्गाैला दिएका थिए ।

धेरै आमाले छोरालाई मिर्गाै`ला प्रत्यारोपण गरेर बचा`एका छन् तर छोराले आमा`लाई मिर्गाैला दिएका घटना भने निकै कम सुनिन्छन् । भर्खर २२ वर्षका युवाले यति ठूलो निर्णय गरेको सम्भवतः नेपा`लमा पहिलो घटना भएको चिकित्स`कहरू बताउँछन् ।

मिर्गाैला प्रत्योरो`पणका लागि का`नूनी रूपमा नाता भित्रको व्यक्तिले मात्र मिर्गाैला दान गर्न पाउने नेपालमा कानु`नी प्रावधान रहेको छ । मिर्गाैला लिने आमा र मिर्गाैला दिने छो`रामा कानुनी र स्वास्थ्य`सम्वन्धी कुनै समस्या छ या छैन भनेर किस्ट मेडिकल कलेज शिक्षण अस्पतालका सम्बन्धित विशेषज्ञ`हरूले विस्तृत अध्ययन गरेका थिए ।

नेपालको प्रचलित कानुन`अनुसार मिर्गाैला दिने दाता र प्रत्यारोपण गर्नुपर्ने बिरामीको नाता स्पष्ट भएमा र लिने-दिने बिरामी`को स्वास्थ्यमा कुनै समस्या नदेखि`एमा दुई हप्ता`भित्रै मिर्गाैला प्रत्या`रोपण गर्न सकिने अस्पतालको दाबी छ २०७७ साल फागुनमा मानव अंग प्रत्यारोपणका लागि अनुमति पाएको किस्ट अस्पतालले २०७८ साल वैशाख ७ गतेदेखि मिर्गाैला प्रत्या`रापणको सुरूआ`त गरी कोभिड–१९ को प्रतिकूल अवस्थामा समेत २० जनाको सफल मिर्गाै`ला प्रत्यारो`पण गरेको अस्पता`लले जनाएको छ ।