श्रीमती माइत गएको झोकमा श्रीमानले गोप्य अंग काटिदिए !

by

in

श्रीमानले फोन गर्दा पनि उनी फर्किइनन्, यो कुराले केटा रिसाए ।

त्यसपछि उनले जे गरे त्यो कसैको कल्पना भन्दा बाहिरको कुरा हो । श्रीमतीको झोकमा ती पुरुषले आफ्नो गोप्य भाग काटिदिएका छन् । सुन्दा विश्वास लाग्दैन तर यो साँचो कुरा हो ।

घटना मधेपुराको रजनी नयाँनगरको हो । २५ वर्षीय कृष्ण बासुकीलाई मधेपुरा मेडिकल कलेजमा भर्ना गर्नुपरेको थियो । हाल उनको अवस्था सामान्य रहेको अस्पतालका चिकित्सकले बताए । भारतीय संचारमाध्यमका अनुसार घटना २० जनवरीको राति भएको थियो ।

कृष्णा बासुकी पञ्जाबको मण्डीमा बस्छन् र काम गर्छन् । उनी दुई महिनाअघि मात्रै घर आएका थिए । त्यसयता उनी घरमै बस्दै आएको खुलेको छ । कृष्णका तीन छोरी र एक छोरा पनि छन् ।

कृष्णकी श्रीमती अनिता दिउँसो माइतीघर गएको परिवारका सदस्य कैलाशले जानकारी गराए । उनी भन्छन्, ‘जब मैले (कृष्णालाई) खोज्न थालें, मैले फेला पार्न सकिँन् । राति करिब ८ बजे उनले आफ्नो गोप्य भाग काटिदिए । उनको कसैसँग झगडा थिएन ।’
उनको कोठामा रगत मात्रै थियो । पहिलो कृष्णलाई मुरलीगञ्जको प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । तर अवस्था गम्भीर भएकाले चिकित्सकले उनलाई मधेपुरा मेडिकल कलेजमा रिफर गरे ।

उनको निजी भागमा क्षति पुगेकोले केही दिन चिकित्सकको निगरानीमा राखिने अस्पतालले जनाएको छ । अहिले उनी खतरामुक्त छन् । वरपरका कतिपयले कृष्ण मानसिक रूपमा स्वस्थ नभएको कुरा उल्लेख गरेका छन् । यद्यपि डाक्टरहरूले यसको पुष्टि गरेका छैनन् ।