पैसाको अत्यन्तै खाँचो परेर १० लाखमै जग्गा बेच्न खोज्दा पनि किन्ने भेटिदै’नन्

by

in

अनुसा थापा- सर्व’साधारणको जहिलेपनि भीड हुने मालपोत का’र्यालय पछिल्लो समय किन चनमन्न बन्यो त ? एक वर्षअघि घर’जग्गा नाम’सारी गर्नेहरुले माल’पोत भरिएको हुन्थ्यो । तर, अहिले यो कामका लागि माल’पोत पुग्ने शुन्यझैं बनेको छ । अहिले माल’पोतमा घरजग्गा बेच्नेहरु यत्तिकै भेटिन्छन् तर किनिदिने कोही छैनन् ।

आकलभुक्कुल एकदुई वटा घरजग्गा नामसारी’चाहि भइ’रहेको छ । गत वर्षसम्म आनाकै ४० लाखमा बिक्री हुने जग्गाको मूल्य पनि स्वाटै घटेको छ । पैसाको अत्यन्तै खाँचो परेर आनाको १० लाखमा बेच्न खोज्दा पनि किन्ने भेटिदैनन् । घ’रजग्गाको मूल्य एकैचोटि ओरालो लाग्नुको मुख्य कारण बैंकफाइनेन्सले कर्जा ठप्प पारिदिनु हो ।

बैंकमा कर्जा लगानी गर्ने पैसा छैन् । एकातिर जनताको डिपोजिट फिर्ता दिन सकेको छैन् भने कर्जा कहाँबाट ल्याएर दिइओस् । बैंक आफैं त पल्टेको छ । सरकारी रेट आनाको एक लाख रुपैंया तोकिएको जग्गामा बैंकको ३० लाखसम्म कर्जा लगानी छ । सोही जग्गा धितो राखेर बैंकले छिटो नाफा कमाउने उदेश्यले धमाधम कर्जा दियो ।

बैंकले ३० लगानी गर्यो, दलालीले ४० मा बेच्यो । दलाली र बैंकको मिलोमतोमा यस्तो काम भयो । जग्गाको मूल्य बढाउनुमा सरकारको हात छैन् । रातारात जग्गाको मूल्य आकाशिनुमा बैंक र दलालीको ठूलो हात छ । मनलाग्दी मूल्यमा जग्गा बेच्ने काम भयो तर सरकारले त सरकारी रेटअनुसार नै राजस्व पाएको छ ।

आँखा चिम्लिएर बैंक’फाइनेन्सले घरजग्गा, गाडी र सेयरमा लगानी गर्यो । तर, ती तीनै क्षेत्रको मूल्य निरन्तर ओरालो लागिरहेको छ । एक कित्ताको तीन हजारमा किनेको सेयर अहिले एक सय रुपैंयामा बिक्री हुन मुश्किल छ । सेयरमा बैंकको अर्बौ रुपैंया लगानी छ । बैंक डुब्ने बाटोमा हिडँ्दा पैसा निकाल्नेको भीड लागेको छ । आफ्नोबचत रकम निकाल्न बैंकफाइनेन्स र सहकारीमा चर्को चाप छ ।

हालै मात्र एक समारोहमा अर्थ’मन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र विस्ता’रै सुधिदैं गएको दाबी गरे । तर, सोही समारोहमा उपस्थित नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उनको भाष’णको खण्डन गरिहाले । गर्भनर महा’प्रसाद अधिकारी अर्थतन्त्र अझैपनि ट्रयाकमा आइनसकेको बताए ।

उनले अझैपनि अर्थतन्त्र जो’खिममा रहेको र आयातमा प्रतिबन्ध लगाएको वस्तु’हरु खोल्नुले थप चाप पर्न सक्ने सुनाए । अर्थमन्त्री शर्माले आफ्नो राजनीतिक भाषा बोलेपनि गर्भनर अधिकारीले भने मुलुकमा देखिइ’रहेको अवस्था’बारे सत्य’तथ्य बिफ्रिङ गरे । अर्थतन्त्रको विषयमा अर्थमन्त्रीलाई भन्दा पनि गर्भनरलाई बढी ज्ञान छ ।

किन कि सोही विषयमा ज्ञान नभए’काले बोल्नु र ज्ञान भएकाले बोल्नुमा आकाश’पातालको भिन्नता छ । यता, अर्थविद्हरुले समेत सो कुरालाई पुष्टि गरिसकेका छन् । अर्थविद्हरुले नेपालको अर्थतन्त्र अझैपनि श्रीलं’काकै बाटोमा भएको बताएका थिए । प्रति’बन्ध लगाएका वस्तु’हरुको आयात खोल्नु भनेको बेव’कुफी भएको उनीहरु बताउछन् । अर्थतन्त्रमा देखिएको समस्या यति छिटो नटर्ने उनीहरुको भनाइ छ ।

बैंक’फाइनेन्सले डिपोजिट रकम फिर्ता गर्न स’केको छैन् । यता, कर्जा पनि लगानी गर्न वित्तिय संस्थाहरु असमर्थ छ । बैंकले पहिलेजस्तो लगानी गर्न नसक्दा घरजग्गा किन’बेचमा पुरै मन्दी आयो । आका:शिएको भाउमा पनि गिरावट देखियो । सहका:रीले धितो राखेर दिएको ५० लाख । तर, अहिले धितो बेच्दा २० लाख पनि आउदैंन् ।s

अनि सहकारी नडुबेर के डुब्छ ? पहिले किन्ने भेटिदैनन्, भेटिएपनि कर्जा उठ्नेजति पैसा आउदैन् । सहका’री विभा’गले पहिल्यै सह’कारीमाथि निय’मन गरेको भए आज यस्तो अवस्था आँउदैन्थ्यो । कस्तो क्षेत्रमा लगानी गर्ने हो ? भन्ने नै सहकारीहरुले बिर्सिए । बढी नाफा र छिटो धनी हुने लो’भमा परेका सहकारी सञ्चा:लकहरु आफू पनि डुबे, जनतालाई पनि डुबाए ।

सहकारी विभाग’लाई अझै पनि जनताको पैसा डुब्छ भन्ने चिन्ता छैन् । सहकारी कतिखेर भाग्ने हो ? कतिबेला जनताको उठीबा’स लाग्ने हो ? विभागलाई चासो छैन् । जसरी हुन्छ ठग सहकारीलाई जोगाउनतिर सरकार नै जुटेको छ । सह’कारीमा देखिएको समस्या’बारे अहिले त हरेक व्यक्ति जानकार छन् ।

सहकारी विभागमा दैनिक सयौं जनता आफू डुबेको उजुरी लिएर पुग्छन् । तर, विभागले अनु’गमन गर्दैन् । कारण के, सहकारी’ले विभागका हाकिमहरु’लाई पोसिरहेको छ । सहकारीहरु धमाधम जनताको पैसा कुम्ल्या’एर भागेको र जनता सडकको बास काट्न बाध्य बनाएको त विभा’गले पनि देखेको छ । तर, विभाग किन एक्स’नमा उत्रिदैंन् ? पैसा पाएपछि केको जनता भनेजस्तै छ ।

दशैं ढोकैमा आइसक्दा सह’कारीमा बचत भएका:हरुमा तनाव थपिएको छ । घर जानका लागि पैसा नपाएर उनीहरु शिथिल भएका छन् । सह’कारीले यसरी रुवाउदा पनि सरका’र मौन छ । अझ पनि जनता’लाई सचेत बनाउने काम सरकार’द्धारा भएको छैन् । सह’कारीमा पैसा नराख्नुस्, आफ्नो बचत भएको सहकारीको जाँचबुझ गर्नुस् भनेर सहकारी विभागले एउटा सूचना’समेत निकालेको छैन् ।

निजी बैंकको हाल पनि त्यस्तै छ । सरकारी बैंकमा बचत हुनेलाई त केही फरक परेको छैन् । तर, निजी बैंकको हालतचाहि समस्याग्रस्त छ । बैंक र सहकारीमा यत्रो पैसा निकाल्नका लागि भीड लाग्नुको कारण जनताको चिन्ता बढ्नु हो ।

विस्तारै जन’ताले बैंक र सह’कारीले कर्जा लगानी गरेको क्षेत्रबारे थाहा पाए । यसअघि जनता’हरु त मग्नमस्त भएका बसेका थिए । तर, घरजग्गा, सेयर र गाडीमा मन्दी आएसंगै वित्तिय संस्थामा जनता’को भीड लाग्यो । अधि’कांश जनताको घर’जग्गा, गाडी र सेयर बैंकको नाममा छ । राष्ट्र बैंक, अर्थ मन्त्रालय र सहकारी विभाग पहिल्यै जिम्मे’वार बनिदिएको भए आज यस्तो दुर्दशा आउदैन्थ्यो ।

बैंकलाई धमा’धम लाइसेन्स बाँडियो तर नियमन कहिले भएन् । सहकारी विभागले पनि भकाभक दर्ता गर्न इजाजत दियो । आज त्यसकै प्रतिफल पुरै मुलुकले भोग्नु’परेको छ । हिजो नाफा कमा’उञ्जेल कर्म:चारीहरुले टन्न बोनस खाए । सञ्चा’लकले पनि घुस पाए । तर, जनताले के पाए ? बरु पैसा डुब्ने अवस्थामा पुग्यो ।

सेयरमा लगानी गर्ने:हरुलाई अहिले रुनु न हाँस्नु भएको छ । कतिपय त भागि’सकेका छन् । सेयरमा बैंकको लगा’नी पाँच लाख भएपनि बेच्दा जम्मा एक लाख रुपैंया आँउछ । १० लाखको सेयर धितो राखेर पाँच लाख कर्जा दिए । पाँच लाख कर्जा:को व्याज तिर्न नसकेर ६ लाख पुग्यो ।

तर, सेयरको मूल्य घटेर दुई लाखमा आयो । मूल्य बढेको भए बैंकलाई यसबाट नाफै:नाफा थियो । मूल्य घट्यो बैंक डुब्यो । बैंक:फाइनेन्सका सञ्चाल:कले आफू डुबेको थाहा पाइ:सकेका छन् । जति गरेपनि कर्जा उठाउन नसक्ने उनीहरुले देखि:सकेका छन् । जसले गर्दा सबैजना एउटा:एउटा दुलो छिर्ने दाउ रचेर बसेका छन् ।

कुन क्षेत्रमा कति लगानी छ ? भन्ने डाटा वित्तिय संस्थाले देखाउ:दैंनन् ।सरकारी पक्षलाई त देखाउ:दैनन् भने जनता:लाई के दिन्थे । सरकारले बेला:बखत विवरण नहेर्दा पनि यस्तो भएको हो । आज जनता डुब्नुमा सरकार पनि उत्तिकै जिम्मेवार छ । वित्तिय संस्थालाई आफ्नो मनोमानी चलाउन दिदाँ लाखौं जनता विस्थापित हुने भए । सर:कारको अण्डरमा चल्नु:पर्ने वित्तिय संस्था:हरुले नै सरकार चलाए ।

जति नै कानून मान्न अटेर गरेपनि सर:कारले छाडा छोडिदियो । अर्थ:मन्त्री जनार्दन शर्मा:ले अहिले पनि जनता डुबाउने र झुक्या:उने काम गरिरहेका छन् । बैंकले डिपो;जिट रकम फिर्ता गर्न सकि:रहेको छ अनि कहाँनेर अर्थतन्त्र सुधार भयो ? कर्जा लगानी अझै पनि सुचारु हुन सकेको छ । अर्थमन्त्रीजस्तो पदमा बसेर खुले:आम झुठ् बोल्दै हिड्ने ।

बैंकले पाँच लाख रुपैंया फिर्ता गर्न सक्दैनन् भने सह:कारीले एक लाख । आफ्नो अर्थ:मन्त्री पद जोगाउनका लागि जनता ढाँट्न पाइन्छ ? राष्ट्र बैंकका गर्भनर पनि अर्थ:मन्त्रीको सामु डराए । उनले नहिचकचाइकन अर्थतन्त्रको विस्तृत विश्लेषण गर्न सकेनन् । अर्थ:मन्त्रीको अगाडि गर्भनर ओझेलमा परे । जहाँ:तही सह:कारी र बैंककै चर्चा चुलि:एको छ ।

सह:कारीले दुःखसुःख गरे जोडेको बचत लिएर भागेको भनेर दुःखेसो पोख्नेहरु चोकचोकमा भेटिन्छन् । भाग्ने त भागि:हाले तर हुनेले समेत जनतालाई निकै सास्ती दिएका छन् । बिहान:देखि बेलुका:सम्म सह:कारीमा लाइन बसेर बेलुका रित्तो हात फर्किनुपर्ने बाध्यता छ ।

अहिले सह’कारीले कोटा सिस्टम लागू गरेको छ । मासिक पाँच हजार दिने भनिएको छ । पाँच ह’जारको दरले सावा र व्याज कहिले पाउने ? त्योपनि कति पनि गुम्ने हो अत्तोपत्तो छैन् । – डिसीनेपाल