सतर्क रहौँ ! टोकियोको एक फ्यामिलिमार्टका म्यानेजरले शौचालयमा क्यामेरा राखी गोप्य तस्बिर/भिडियो खिच्ने गरेको अभियोगमा पक्राउ

by

in

टोकियो/जापान। टोकियोमा एक कन्विनिएन्स स्टोरका म्यानेजरलाई आफ्नो स्टोरको सौचालयमा क्यामेरा जडान गरी अश्लील तस्विर तथा भिडियोहरु खिचेको आरोपमा पक्राउ गरिएको छ ।

अनुसन्धानको क्रममा उनले करिब १५ वर्षदेखि अन्य धेरै पसलमा गोप्य तस्बिर तथा भिडियो खिच्ने गरेको पत्ता लागेकाले महानगरीय प्रहरी विभागले विस्तृत अनुसन्धान गरिरहेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

पक्राउ पर्ने संदिग्ध ५१ वर्षिया काजुआकी उसुई नामका व्यक्ति रहेको उल्लेख गरिएको छ। ति व्यक्ति टोकियोको बुन्क्यो वार्डमा रहेको एक फ्यामिलि मार्टमा प्रबन्धकका रुपमा कार्यरत थिए ।

महानगरीय प्रहरी विभागका अनुसार गत अगस्ट महिनामा उनले आफ्नो पसलको बहुउद्देशीय शौचालयमा क्यामेरा जडान गरी तीन जना पुरुष तथा महिला ग्राहकको यौनिक तस्विर खिचेको आशंका गरिएको थियो ।

यसरी पर्दाफास भयो म्यानेजरको करतुत् !
जब एक पुरुष ग्राहकले कालो झोलामा क्यामेरा फेला पारे र स्टोर म्यानेजरलाई रिपोर्ट गरे तर त्यस समय ति व्यक्तिले क्यामेरा खोसेर लैजान लागे । पसलका म्यानेदरले त्यस्तो व्यवहार देखाएपछि, ति क्यामेरा भेट्टाउने शौचालय प्रयोगकर्तालाई शंका लाग्यो र ११० मा फोन गरे र प्रहरीले छानबिन गर्दा म्यानेदर स्वयमले गोप्य क्यामेरा राख्ने गरेको पत्ता लाग्यो ।

पक्राउ पश्चात अनुसन्धानको क्रममा, उनले आरोप स्वीकार गर्दै भने, “मैले तनावमुक्त हुनका लागि त्यस्तो गरेको हुँ। किनभने मलाई महिलाको अन्डरवियर लगायत सामान्यतया नदेखिने गोप्य अंगहरुको फिल्म गर्न रुचि थियो।” उनले पछिल्लो १५ वर्षदेखि विभिन्न पसलहरुमा त्यसरी गोप्य क्यामेरा राखेर शौचालय प्रयोगकर्ताहरुको नग्न/अर्धनग्न तस्बिर/भिडियोहरु खिच्दै आएको आँकलन गरिएको छ ।

छानबिनको क्रममा उनको घरमा गोप्य रूपमा खिचिएका हजारौं भिडियोहरू फेला परेका थिए। हालमहानगरीय प्रहरी विभागले विस्तृत अनुसन्धान गरिरहेको बताईएको छ।