मलेसियामा बसको ठक्करबाट नेपाली श्रमिक हेम बहादुर क्ष्रेष्ठको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत सर्लाही जिल्लाका एक युवकको मलेसियामा बसको ठक्करबाट मृत्यु भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–१, अत्रौली घर भएका २७ वर्षीय हेमबहादुर श्रेष्ठको शुक्रबार बिहान आफू कार्यरत काजाङको सोनी ईएम , सिएस मलेसिया एसडिएन बिएचडी ( SONNY EMCS MALAYSIA SDN BHD ) कम्पनी परिसरमा कम्पनीकै बसको ठक्करबाट मृत्यु भएको हो ।

ललितप्रसाद श्रेष्ठ र इन्द्रकुमारी श्रेष्ठका छोरा हेमबहादुर पाँच वर्षअघि विवाह गर्नासाथ मलेसिया रोजगारीमा आउनु भएको थियो । मोरङ बेलबारीकी बिनिता श्रेष्ठसँग प्रेम विवाह गरेर मलेसिया आउनुभएका श्रेष्ठ त्यसयता नेपाल फर्किनुभएको थिएन । उहाँहरुको बालबच्चा पनि भएका छैनन् । राम्रो कमाइ हुने सजिलो काम छ भन्दै विवाह गर्नासाथ हेमबहादुर मलेसिया आउनुभएको थियो ।

मलेसियामा भएको सवारी बस दुर्घटनामा उहाँको मृत्यु भएको खबरले परिवारका सदस्यसहित छरछिमेकी पनि शोकमा रहेको जानकारी प्राप्त भएको छ । यता बसले ठक्कर दिइएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको कम्पनी स्रोतले बताएको छ ।

साथै मृतक हेम बहादुर क्ष्रेष्ठलाई बसले ठक्कर दिएको घटनालाई निष्पक्ष छानबिन गर्नुपर्ने र शवलाई नेपाल् पठाइ उनको परिवारलाई उचित क्षेतिपुर्ती रकम दिनुपर्ने लगायतको माग सोही कम्पनीमा कार्यरत नेपाली कामदार हरुले कम्पनी सामु अगाडि सारेका छ्न । साथै अन्य घाइते कामदार हरु को स्थानीय अस्पतालमा उपचार भैइरहेको जानकारी प्राप्त भएको छ ।

यसअघि पनि मलेसिया जानुभएका श्रेष्ठ पाँच वर्षअघि विवाह गर्न भनेर घर फर्किनुभएको थियो । घर आएपछि विवाह गर्नुभएका श्रेष्ठ श्रीमतीलाई आमाबुवाको साथमा छाडेर लगत्तै मलेसिया फिर्ता आउनु भएको थियो ।

श्रेष्ठको शव चाँडै नेपाल ल्याउनको लागि पहल गरिदिन परिवारका सदस्यले स्थानीय नगरपालिकामा जनप्रतिनिधिलाई आग्रह गरेका छन् । घटनाबारे कानुनी अनुसन्धान र पोस्टमार्टम सकिए पश्चात् सबै प्रक्रिया पुर्याएर शवलाई नेपाल फर्काउने तयारी भैइरहेको मलेसिया स्थित नेपाली दूतावासले बताए ।