साहुले मारेर नेपाल पठाउँछु भन्छ, मलाई उद्धार गर्नुहोस् !!

by

in

पटकपटक कुवेतमै रहेको नेपाली एजेन्टलाई सम्पर्क गर्दा पनि फोन नउठाउने गरेको र त्यसपछि नेपालमा रहेका श्रीमानलाई नम्बर दिएको बताइन् । ‘नेपालबाट सम्पर्क गर्दा पनि एजेन्टले उठाएन रे, त्यसैले म अहिले मानसिक रूपमा निकै विक्षिप्त बनेको छु,’ उनले भनिन् ।

उनले आफूलाई सो घरबाट तत्काल उद्धार गरेर नेपाल फर्काउन पहल गर्न कुवेतमा क्रियाशील विभिन्न संघसंस्था तथा विभिन्न सामाजिक अभियन्तालाई अपिल गरेकी छन् । मुख्यगरी, घरेलु महिला कामदारको रोजाइ बनेको कुवेतमा अन्य क्षेत्रमा आउने कामदारले समेत निकै दुःख भोग्नुपरेको छ ।

कतिपय नेपालीले कुवेतमै आफ्नो जीवन गुमाइसकेका छन् । परिवार र सरोकारवालाले खोजे पनि सास न लास भएर कुवेतमै बेपत्ता हुने नेपाली धेरै छन् । कतिपय नेपालीलाई कुवेत ल्याएर साउदी अरब पठाइने गरेकाले पनि उनीहरूको अवस्था पत्तो नलाग्ने गरेको छ । हाल उद्धारका लागि हारगुहार गरिरहेकी तामाङलाई पनि १ हजार केडीमा कुवेती नागरिकको घरमा बेचिएको हो ।

कुवेतमा नेपाली महिलालाई कानुनी रूपमा किनबेच हुने गरेको र पटकपटक किनबेच गर्न महिलालाई काम गरिराखेको घरबाट भगाउने प्रवृत्ति व्यापक रहेको पाइन्छ । त्यसरी मालिकले दुई वर्षका लागि हाउसमेडलाई लैजान्छन् । त्यस अवस्थामा कामदारको कार्य समय निश्चित हुँदैन । त्यसो त कुवेतमा बिदा र तलबका साथै समयमै घर फिर्न नपाउने अवस्था छ ।

घरेलु कामदारको मुद्दा आफूसँग ५ सयमाथि रहेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदी बताउँछन् । उद्धारका लागि भन्दै दैनिक १०÷१५ जनाको फोन आउने गरेको उनको भनाइ छ ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।