पोखरामा ३४ बर्षिय महिलाको अनौठो धन्दा! बयान सुनेपछि प्रहरी नै चकित (भिडियोसहित)

by

in

पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले गरगहणासहित २७ लाख बढी रकम चोरी गरेको आरोपमा पर्वतकी एक महिलालाई प्र’काउ गरेको छ ।

वृद्धा महिलाहरुलाई ललाई फकाई पोखराको विभिन्न स्थानबाट गरगहनासहित २७ लाख बढी रकम चो’री गरेको आ’रोपमा पर्वतको मोदी गाउँपालिका ६ घर भएका ३४ वर्षीय टीका श्रेष्ठलाई प्रहरीले बुधबार पोखरा ४ गणेश टोलबाट प्र’काउ गरेको हो ।

श्रेष्ठले २७ लाख २ हजार ५८ रुपैया बराबरको गहना चो’रि गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

श्रेष्ठले पोखरा ११ रानीपौवाका ७८ वर्षीय दुर्गा कुमारीको पाध्यको २ लाख ६१ हजार ५८ रुपैया, पोखरा १३ बस्ने ८३ वर्षीय रिखीमाया सापकोटाको सुनको गहना ३ लाख बराबरको , पोखरा १२ माटेपानीका ७० वर्षीय तिल कुमारी थापाको ८ लाख, पोखरा १२ बस्नै ९० वर्षीय शान्ति माया गुरुङको ३ लाख ५५ हजार २ सय ५० रुपँया चोरी गरेको खुल्न आएको हो ।

यस्तै पोखरा १५का ५४ वर्षीय सिता माया गिरीको २५ हजार, पोखरा २७ बस्ने ६५ वर्षीय मधुमाया पौडेलको ३ लाख ५७ हजार, पोखरा १० बस्ने ८२ वर्षीय डुमा देवी थापाको ६ लाख ९ हजार सहित २७ लाख २ हजार ५८ रुपैया तथा गहना चो’री गरेको निमित्त प्रवक्ता खड्काले बताए ।