प्रेमिले धाेका दिएको भन्दै सल्यानमा किशोरीले गरिन आत्महत्या

by

in

सल्यान – प्रेमिले धाेका दिएको भन्दै एक किशोरीले आत्महत्या गरेकि छन। बागचौर नगरपालिका -१० भाट्भिटे घर्तिगाउ घर भई हाल छत्रेश्वरी गाउँपालिका -२ डिग्रे दिदीको घरमा बस्दै आएकि १६ बर्षिय रिता घर्ती आइतबार बिहान आफ्नो फेसबूक मार्फत आफुले याे संसार छाेडेकाे भन्दै आफ्नी दिदि र प्रेमिलाई सम्बाेधन गरेर आत्महत्या गरेकि हुन।

उनले आफ्नो प्रेमि नाम नखुलाएर सम्बाेधन गर्दै भनेकि छन- `प्रिय मायालु तिम्रो बारेमा लेख्न मन थिएन तर मनले मानेन मलाई रुवाय जसरी अरुलाई नरुवाउनु, मलाई खेलौना सम्झिए झै सबै केटिलाई खेलौना नसम्झिनु, सधैं खुशी हुनु, तिमिले त मलाई छाेडेर गयौं तर मैले भुल्न त मरेरै जानुपर्छ, त्यसैले म कहिले नफर्कने गरि गए।´ उनलेे लेखेकि छन।

उनले फेबुकमा दिदिलाई पनि लेखेकि छन- `प्रेम अन्धो हुदोरहेछ दिदी म अन्धी भय नत म बाचेर उसलाई पाउछु। नत रोयर उसले त मलाई भुल्छ। तर म भुल्नको लागि म मरेरै जानुपर्छ, म गतल हाेइन समय गलत हाे, बाबुकाे राम्रोसँग हेरचाह गर्नु , मलाई बुझिदिनु, मलाई माफ गरिदिनु दिदि भन्दै उनले भावुक स्टाटस लेखेकि छन।