२ वर्षपछि सासु-ससुरा र २ नन्दसहित पाँच जना दोषी ठहर एस्तो सजाय हुने भयो हेर्नुस।

by

in

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ गर्दोईकी सुस्मिता केसी (थापा) को हत्याका आरोपीलाई मकवानपुर जिल्ला अदालतले हत्या भएको करिब साढे २ वर्षपछि अभियुक्तहरू दोषी ठहर गरेको हो । असार २ गते बन्द भान्छाकोठामा विभत्स तरिकाले मृत

भेटिएकी सुस्मिताको हत्या आशंकामा प्रहरीले गरेको अनुसन्धानका आधारमा परिवारकै ४ जना सदस्यहरुलाई सार्वजनिक गरिएको थियो । प्रहरीले सुस्मिताको हत्यामा संलग्न भएको आरोपमा केहि समय पहिले सुस्मिताका ससुरा प्रकाश थापा,

सासु तुलसा थापा, आमाजु दुर्गा थापा र नन्द सीता थापा लाई सार्वजनिक गरेको थियो । ससुरा प्रकाश थापाले छो रा रुपेन्द्र थापाको मृत्यु पश्चात बुहारी सुस्मितासँग आर्थिक प्रलोभनमा परी पटकपटक मानसिक तनाव दिनुका साथै बलात्कारको प्रयास समेत गरेको प्रहरीले दाबी गरेको छ ।

अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजालसले मृतक सुस्मिताको सासु, ससुरा, २ जना नन्द र जेठी नन्दकी श्रीमानलाई दोषी करार गरेको हो ।

अदालतले सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा, उनका श्रीमान् अरुण कार्कीलाई हत्याको कसुरदार ठहर गरेको हो ।

मुख्य अभियुक्तको रुपमा ससुरा र कान्छी नन्द सीता थापालाई जन्मकैद सजायको माग गरिए को छ । दुर्गा र अरुण कार्कीलाई आपराधिक षडयन्त्र गरेको अभियोगमा जन्मकैदको माग

गरिएको छ भने मृतक सुस्मिताको सासु तुलसा कुमारी थापालाई मतियारको भूमिका निर्वाह गरेका,,ले मुख्य अभियुक्तको पाउने सजायको आधा सजाय माग गरिएको अधिवक्ता अप्सरा बस्नेतले बताइन् ।

श्रीमान रुपेन्द्रको मृत्युपश्चात कपिलवस्तु जिल्ला को बाणगंगा नगरपालिकामा बस्दै आएकी सुस्मिता श्रीमानको ६ महिनाको काममा चैत २१ गते हेटौंडा आएकी थिइन् । लकडाउनका कारण माइती फर्कन नपाएकी सुस्मितालाई असार १ गतेका दिन घरमा विवाद भएपछि

ससुरा प्रकाश थापा, सासु तुलसा थापा र नन्द सीता थापाले मिलेर हत्या गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । यस्तै हत्या योजना मा संलग्न भएको आरो पमा सुस्मिताकी आमाजु दुर्गा थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेका थिए ।

सुस्मिताकी श्रीमान रूपेन्द्र थापाको असोज २३ गते नवलपरासीबाट हेटौंडा फर्किने क्रममा मोट रसाइकल दुर्घटनामा परेको थियो। उक्त दुर्घटना मा उनले ज्यान गुमाएका थिए।

त्यसपछि सासू-ससुराले आफ्ना छोरालाई बुहारीले खाएको आरोप लगाएका थिए। रूपेन्द्र सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ सुस्मिताले नभई सासू ससुराले पाउनुपर्ने भन्दै विवाद पनि गरेका थिए।