कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना: एकको मृत्यु, १४ जना घाईते

by

in

धनगढी। कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना भएको छ। डडेल्धुराबाट कैलाली आउँदै गरेको से १ ख १४३८ नम्बरको मिनी ट्रक गोदावरी ४ बुढितोलास्थीत सेल्फीडाँडामा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख दिपक मल्लले जानकारी दिए।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार एक जनाको मृत्यु भएको छ। तर उनको परिचय खुलेको छैन। डडेल्धुराबाट कैलालीको धनगढी आउँदै गरेको मिनी ट्रक साँझ ५ बजेको समयमा गोदावरी ४ बुढितोलास्थीत सेल्फीडाँडामा दुर्घटना हुँदा १४ जना घाइते ट्रक आफै अनियन्त्रीत भई सडकको छेउमा पल्टिएको जनाइएको छ।

दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ३४ वर्षिय ललिता सारूमगर,सोही ठाउँका पाँच वर्षिय आर्यान सारूमगर,दुई वर्षिय आरसी सारूमगर,१४ वर्षिय जिवन विक,६० वर्षिय रंग कामी, डोटी जोरायल गाउँपालिका वडा नम्बर १ का २५ वर्षिय भरत मल्ल,डोटी जोरायल गाउँपालिका वडा नम्बर ३ का १८ वर्षिय भुवन मडै,सोही ठाउँका ४० वर्षिय राम बहादुर रावत, २८ बर्षिय यादव रावल घाइते भएका छन्। उनीहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

यस्तै डोटी जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षिय हुकुम विक, १२ वर्षिय बिपिन विक,३६ बर्षिय टेक बहादुर सारू, ३४ वर्षिय कल्पना विकको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ। यस्तै सोही मिनी ट्रकमा सवार डडेल्धुराको अमरगढी १ का ३० बर्षीय जनक ऐर घाईते भएका छन्। उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घाइतेहरुको टाउको, हात खुट्टा ढाडमा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।