कुवेतमा धनाड्यको घरभित्र काम गर्ने नेपाली महिलालाई यस्तोसम्म गर्दा रहेछन..शेर गर्नुस…

News

सिलापत्र । गत साता ४ सय ५० जना अवैध बाटो हुँदै कुवेत पुगेका घरेलु महिला कामदार नेपाल फर्किएका छन् । कुवेतबाट फर्किएका महिलाहरू प्राय: भारतकाे दिल्ली विमानस्थल हुँदै कुवेत रोजगारीका लागि गएको बताउँछन् । कुवेतबाट २ चरणमा फर्किएका महिला कामदारहरूले कुवेत नेपाली महिला बेच्ने गोदाम नै रहेको नेपाल प्रहरीसँग त्रिभुवन विमानस्थलमा बताउँदै गाडीमा चढेका थिए ।

कतिपय महिलाले एजेन्ट र म्यानपावर कम्नीको नामसमेत बताइरहेका थिए । उद्धारमा खटिएका सेना प्रहरीले भने सम्बन्धित निकायमा उजुरी गर्नू भन्दै उनीहरूलाई विमानस्थलमै सुझाव दिएर पठाए ।नेपालबाट एजेन्ट र म्यानपावर कम्पनीले विदेशी तस्करसँग मिलेर नेपाली महिलालाई कुवेत पुर्‍याएर बेच्ने गरेको उनीहरूले विमानस्थल प्रहरीसँग पीडा पोख्दै थिए ।

कुवेतमा नेपाली महिलाहरूलाई रोजगारी दिलाउने नाममा बेच्ने गोदाम नै छ । उक्त गोदाममार्फत नै आफू पनि बेचिएको ताप्लेगजुङकी लीला लिम्बू (नाम परिवर्तन) खुलासा गरिन् । उनका अनुसार कुवेतमा नेपाली महिलालाई भेडाबाख्राजस्तै गरी मोलमालाइ गरेरै बेचिने गरिन्छ । यस्ताे माेलमाेलाइ गरेर बेच्ने गरेकाे आफनै आँखाले देखेको र भाेगेको उनकाे अनुभव छ ।

‘कुवेतमा विदेशी महिला बेच्नबिखन गर्न रोजगार केन्द्र छन् । कपडा गोदाम, सिलाइबुनाइ गर्ने स्थान, ब्युटीपार्लर, होस्टेल, नुन पोको पार्ने कम्पनीमा विदेशी महिलालाई लगेर राखिन्छ र त्यहाँबाटै कुवेत, इरान, इराक, ओमान र बहाइनसम्म घरेलु कामका लागि सप्लाई गर्ने गर्छन्,’ लीलाले भनिन, ‘कुवेतमा करिब १५ हजारभन्दा बढी नेपाली महिलाहरू घरेलु कामका लागि पुर्‍याइएकाे छ । उनीहरू सबै एजेन्टमार्फत नै गएका हुन् । यी महिला प्राय: मोलमाेलाइमै बेचिएका हुन् । यसरी बेचिएका महिलासँग कुनै पनि कागजपत्र हुँदैन ।’

लीला गत शुक्रबार कुवेतबाट नेपाल फर्किएकी हुन् । उनी ५ वर्ष ७ महिना कुवेत बसेर आएकी हुन् ।उनलाई झापाका पाण्डव लिम्बू भन्ने पदम योङहाङले क्लिनरमा भनेर कुवेत पठाएका थिए । तर, उनी घरेलु काममा परेको बताँउछिन् ।

यो पनि पढ्नुहोस

३ महिनाको गर्भ लिएर फर्किएँ, अब कहिल्यै जान्नँ विदेश

गत साता कुवेतबाट फर्किएकी काभ्रेकी संगीता राय (नाम परिवर्तन) लाई पनि एजेन्टले झुक्याएर कुवेत पठाएको थियो । रायलाई दिल्ली हुँदै रोजगारीका लागि यूएई पठाउने भनेर एजेन्टले कुवेत पुर्‍याएको जानकारी दिइन् ।

संगीताका अनुसार कुवेतमा नेपाली महिलाले कुकुरले नपाएकाे दुःख पाएका छन् । कतिपय महिला जिउँदो लास भएर काम गरिरहेको रायले बताइन् । उनले भनिन्, ‘कुवेतका मुख्य शहरमा धेरै जब सेन्टर छन् । ती जब सेन्टरमा नेपाली महिलालाई रोजगारीका लागि पुर्‍याइन्छ । त्यहाँबाट निश्चित रकममा घरेलु कामका लागि बेचिने गरेको छ ।’

‘कुवेतबाट खाडीका अन्य देशमा समेत नेपाली महिलालाई घरेलु कामका लागि बेचिन्छ,’ संगीताले भनिन्, ‘प्राय: श्रीमती नभएका पुरुषले घरेलु कामका लागि जब सेन्टरबाट महिला कामदार लैजाने गर्छन् । जब सेन्टरमा आएका पुरुषले महिलाको शारीरिक बनोट हेरेर, राेजेर लैजान्छन् । जब सेन्टरले घरेलु कामका लागि प्रतिमहिला ९ सय दिनारसम्म लिने गरेका छन् ।’

संगीताका अनुसार नेपाली महिला कुवेत पुर्‍याएबापत नेपाली एन्जेटले दोहोरो पैसा कमाउने गरेका छन् । नेपालबाट रोजगारीमा जाने महिला कामदारसँग र कुवेतको जब सेन्टरबाट पैसा लिने गरेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘कुवेतमा घरेलु हिंसामा परेँ भनेर नेपाली दूतावासमा फोन गर्दा बेवास्ता गरिन्छ । मलाई राजेश क्षत्री भन्ने एजेन्टले ८० हजार रुपैयाँ लिएर कुवेत पठाएको हाे ।’

मासिक २ सय महिलाकाे तस्करी

नेपालबाट भारत हुँदै २ सयभन्दा धेरै महिला कुवेतमा घरेलु कामका लागि तस्करी हुने गरेको कुवेतबाट फकिर्एका महिलाहरूले नै बताएका छन् । भारतको मुख्य शहर दिल्ली र मुम्बईहुँदै नेपाली महिलाकाे तस्करी हुने गरेकाे उनीहरूले बताएका छन् ।

काभ्रेकी सानुमाया तामाङ (नाम परिवर्तन) का अनुसार कुवेती नागरिकले नेपाली महिलालाई घरेलु कामका लागि लिन रुचाउँछन् । नेपाली महिला पूर्ण रूपमा आफ्नो नियन्त्रणमा बस्ने गरेका कारण पनि कुवेती नागरिकको रोजाइमा पर्ने गरेको तामाङले बताइन् ।

‘खाडीका देशमा घरेलु काममा परेका महिला शारीरिक शोषणमा पर्ने गरेका छन् । घरेलु काममा परेका महिला कामदारलाई घर मालिकले बाहिर निस्कन दिँदैन । कुवेतमा त झन् विदेशी महिलालाई मान्छे नै ठान्दैनन् । जे मन लाग्यो, त्यही गर्छन्,’ उनले भनिन्, ‘मजस्ता धेरै महिला कुवेतमा बेचिएका छन् । भारत हुँदै मासिक २ सयभन्दा धेरै नेपाली महिला कुवेतमा तस्करी भइरहेका छन् । मजस्ता तस्करीमा परेका महिलालाई सरकारले क्षतिपूर्ति र नेपालमै सीपमूलक तालिम दिनुपर्छ ।’ दिल्ली हुँदै ५ वर्षअघि ४० जना एउटै विमानमा कुवेत पुगेको उनले बताइन् ।

सरकारले २०७२ सालपछि महिलालाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको छ । गत भदौ महिनामा घरेलु कामका लागि खाडीका देश र मलेसिया गएका महिला कामदारका हकमा घर फर्कन खुलाएको थियो । खाडीका देश, मलेसिया, मध्यपूर्वी देशमा करिब २ लाख नेपाली महिला घरेलु कामका लागि एजेन्टमार्फत पुगेको सरकारी अनुमान छ ।

सरकारले अनुमान गरेका महिला कामदारहरू कागजातविना सम्बन्धित देशमै बसिरहेका छन् । घरेलु कामका लागि कुवेत पुगेका ३ सय महिला श्रमिक गत बिहीबार मात्र स्वदेश फर्किएका छन् । शुक्रबार ७ जना बालबालिकासहित १ सय ४९ जना कुवेतमा आममाफी प्रक्रियामा सहभागी नेपालीहरू घर फर्किन तयारी अवस्थामा छन् । जसमा ४ सय ४९ जना बिहीबार र शुक्रबार नेपाल फर्किएका छन् । अब आममाफी पाएका २ हजार ५ जना नेपाली महिला कामदार घर फिर्ती सेन्टरमा नेपाल फर्कन प्रतीक्षारत छन् ।

बिग्रिएका उपकरण बनाइने, रेखदेख गर्न कर्मचारी राखिने

काठमाडौँ — सन् २०१५ देखि बन्द रहेको पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशालामा नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)ले कर्मचारी राख्ने तयारी गरेको छ । सोलुखुम्बुको लोबुचेस्थित पिरामिडको सुरक्षाका लागि गम्भीर भएको जनाउँदै नास्टले रेखदेखका लागि एकजना कर्मचारी राख्ने तयारी गरिरहेको हो ।

नास्टका हाईअल्टिट्युड रिर्सच युनिटका वैज्ञानिक देवेश कोइरालाले पिरामिड रेखदेखका लागि एक जना सहयोगी राख्ने तयारी भइरहेको जानकारी दिए । इटालीको नेसनल रिसर्च काउन्सिल(सीआनएर)ले सन् २०१४ देखि ईभी–के२–सीएनआर कमिटीलाई बजेट दिन छाडेपछि ५ हजार ५० मिटर उचाइमा रहेको पिरामिड ल्याब बन्द अवस्थामा छ । पिरामिड ल्याब सञ्चालनको अधिकांश खर्च ईभी–के२–सीएनआर कमिटीले व्यहोर्दै आएको थियो । उक्त कमिटी सीएनआरमातहत छ ।

वैज्ञानिक अधिकृत कोइरालाले चाँडै नै कर्मचारी नियुक्ति गर्ने तयारी भइरहेको जानकारी दिए । ‘ल्याबको रेखदेखका लागि हामीले बजेट विनियोजन गरेका छौं । कर्मचारी राख्ने तयारी भइरहेको छ,’ उनले कान्तिपुरसित भने ।

नास्टले यो वर्ष पिरामिड ल्याबमा बिग्रिएका उपकरण पनि मर्मत गर्ने तयारी गरिरहेको छ । बिग्रिएका ल्यापटप,डेस्कटपलगायतका केही सामग्रीह मर्मत गर्ने तयारी भइरहेको कोइरालाले जानकारी दिए । यस्तै, कालापत्थरमा रहेको लाइभ वेब क्यामेराको पनि मर्मतसम्भार भएको छ ।

यसअघि इटालीको प्रविधिक टोलीले गत अप्रिलमा पुमोरी र गत महिना कालापत्थरमा रहेको वेब क्यामेरा मर्मत गरेको थियो । वेब क्यामेरा सञ्चालनमा आएसँगै संसारका जुनसुकै कुनाबाट सगरमाथा र पुमोरी हिमालको लाइभ दृश्य देख्न सकिन्छ ।

नास्टले पिरामिड ल्याब सञ्चालनबारे अन्तरक्रियासमेत गर्ने बताएको छ । ‘ल्याब सञ्चालनका विषयमा सरकोरावाला,स्थानीय तथा विषय विज्ञसँग हामीले अन्तरक्रिया गर्ने तयारी गरेका छौं,’ कोइरालाले भने ।

नास्टका प्रवक्ता डा‍‍‍. रवीन्द्र ढकालले पिरामिड प्रयोगशाला सञ्चालनका लागि साझेदारहरूको खोजी भइरहेको बताए । उनले स्रोत साधन र दक्ष जनशक्तिको समस्या भएकाले प्रयोगशाला सञ्चालन हुन नसकेको स्वीकारे । ‘उच्च हिमाली क्षेत्रमा प्रयोगशाला सञ्चालन गर्नु आफैंमा ठूलो चुनौती हो । त्यसका लागि स्रोत र बजेट धेरै चाहिन्छ,’ उनले भने,‘नास्टसँग पर्याप्त स्रोत छैन । विज्ञान मन्त्रालयले बजेटको सुनिश्चितता गरे प्रयोगशाला सञ्चालनमा ल्याउन सकिन्छ ।’

हाल ईभी–के२–सीएनआरका तर्फबाट राखिएका काजी विष्टले प्रयोगशालाको रेखदेख गर्दै आएका छन् । नास्टको टोली वर्षमा दुई पटक पिरामिड प्रयोगशाला पुग्छन् । उनीहरु त्यहाँको वस्तुस्थिति, विवरण र तथ्यांक लिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *