७ महिनाको गर्भवती श्रीमती छोडेर श्रीमान अर्कैसँग टाप, बाउ बिनाको बच्चा भन्दै हेला(भिडियो हेर्नुस)

by

in

केही समय अघि बिमला बुढा सुनुवार आफू ७ महिनाको गर्भ बोकेको अवस्थामा श्रीमान ललित सुनुवार अर्कै केटि लिएर फरार भएको भनी मिडियामा आएकी थिइन् । अहिले उनको बच्चा समेत भै सकेको छ । तर पनि ललितको कुनै अत्तोपत्तो नभएको बिमलाले बताएकी छिन । रुकुम माइती घर भएकी बिमलाले ललितसगँ अन्तर्जातिय बिबाह गरेकी थिइन् । ललितको घर भने पोखरा हो । तर श्रीमान त्यसरी छोडेर हिडे पछि अहिले आफू माइतिघर मै बस्दै आएको बिमलाले बताईन ।*

माइतिघरमा पनि आमा बुबा दिन भर काम गर्ने गरेता पनि आर्थिक अवस्था कमजोर भएकोले खान समेत नपुग्ने बिमला बताउँछिन । श्रीमानले छोडेर माइती बस्नु पर्दा निकै गार्‍हो भएको उनले बताईन । ३ महिना अघि छोरिको जन्म भए पछि अब झ्न गार्‍हो भएको उनले बताएकी छिन । आफू केही गरौ भन्दा काखमा नानी भएकोले केही गर्न पनि नसकेको उनको भनाई छ । माइतिमा पनि दुख नै भएकोले कहिलेकाही आफ्नो बिबाहको कुराले बुबाले गाली गर्ने गरेको उनले बताईन ।***

एक त अन्तर्जातिय बिबाह गरेको त्यस माथि गर्भवती बनाएर यसरी छोडे पछि बुबाले कहिलेकाही गाली गर्ने गरेको बिमलाको भनाई छ । अरुबेला केही नभनेता पनि जाडरक्सी खाएर आएको बेला भने अन्तर्जायिय बिबाह गरिस अहिले बुढाले नि छोडेर गयो । अब यो बच्चा पनि छ, कसरी पल्ने हो भनी गाली गर्ने गरेको उनले बताएकी छिन । जति जे भनेता पनि सहेर बस्नु बाहेक कुनै बिकल्प अरु आफुसगँ नभएको पनि बिमलाले मिडियामा बताएकी छिन ।***

श्रीमानले त्यसरी छाडेर गए पछि जाने ठाउँ पनि आफ्नो कतै नभएकोले कहिलेकाही गाली गरेता पनि आफुले गल्ती गरेको हो भन्ने लाग्ने गरेको उनले बताईन । आफू गर्भवती भएको बेला नै अर्कि लिएर हिडेको श्रीमान अब आफुलाई खोज्दै आउला कि भन्ने आफुलाई नलागेको पनि बिमलाले बताएकी छिन । आफू गर्भवती अवस्थामा श्रीमानको साथ आवाश्यक हुदाँ छोडेर हिड्नेले अब फेरि खोज्दै के आउला र भन्ने लागेकोले श्रीमान फर्किने आश पनि नभएको उनले बताईन ।

छोरिको न्वारन पनि बाउ नभएर नगरेको बिमलाले बताईन । बाउ बिनाको भनी न्वारन नगरी आफुलाई चोख्याई दिएको उनले बताएकी छिन । बाबू बिनाको बच्चा जन्माएको भनी कतिपयले हेला गर्ने गरेको बिमलाको भनाई छ । छोरिको न्वारान मात्र पनि गर्न पाएको भए आफुलाई केही सजिलो हुने उनले बताईन । जन्मदर्ता पनि कसरी बनाउने भन्ने आफुलाई चिन्ता भएको बिमला बताउँछिन । अरुले भन्ने गरे जस्तै साच्चिकै बाबू बिनाकै छोरी हुने हो कि भन्ने कुराले आफुलाई कहिलेकाही सताउने गरेको बिमला बताउँछिन