देवरलाई मिर्गौला दान गर्ने भाउजू जानुकाको सर्वत्र चर्चा

by

in

पोखरा । आफ्ना देवरलाई मिर्गौला दान गर्ने भाउजूको फराकिलो सहृदयी मनको सर्वत्र चर्चा भएको छ । अंगदान जो कसैले गर्न सक्ने चीज होइन, मरेपछि आँखा दान त गर्न नसक्नेहरुको भीडमा यस्तो फराकिलो हृदय गुणगान हुनु स्वभाविक हो ।

मिर्गौला फेल भई अस्वस्थ रहेका नेकपा (एमाले) जिल्ला कमटी कास्कीका सदस्य मोहन सुवेदीलाई आफ्नी भाउजू जानुका सुवेदीले मिर्गौला दान गरेकी हुन् ।

सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा किड्नी ट्रान्सप्लान्ट गर्ने कार्य सम्पन्न भएको खबर प्राप्त भएको एमाले कास्कीका उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाले बताए ।

उनले भने– ‘उहाँलाई किड्नी दान गर्नुहुने भाउजू महामानव जानुका सुवेदीप्रति उच्च सम्मान गर्दै उहाँहरु दुवैमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’