स्कुल बस दुर्घटना अपडेट: चालकले तेल हाल्न भनी झुक्याएर लग्दा तिन जनाकाे मृत्यु

by

in

उदयपुर,९ मंसिर ।
पिकनिक खाएर फर्किएको बस उदयपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज दिउँसो अन्दाजी १ बजेको समयमा भएको उक्त दुर्घटनामा अन्य ३७ जना घाइते भएका छन्।

बसमा सवार ४० जना रहेका थिए । मृत्यु हुनेमा बसका चालकसमेत रहेका उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए।

दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी चौधरीले बताए।

उदयपुरगढी गाउँपालिका-७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका ५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा-६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको उनले जानकारी दिए।

त्यहाँको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस दुर्घटनामा परेको थियो। चालकले तेल हाल्न भनी झुक्याएर पिकनिकका लागि बस लिएर गएका बताइएको छ। थाहा खबरमा समाचार छ ।