यो कस्तो नग्नता हो करिश्मा जी ?

by

in

काठमाडौं : नेपाली समाज फराकिलो छैन भन्ने आरोप लाग्छ । अझ नायिकाहरू आफ्नो अश्लीलता ढाक्न यो फेज प्रयोग गरिरहन्छन् । कतिपय अवस्थामा समाज र सोच फराकिलो नहोला तर त्यति सम्म पनि होइन कि जति दोष थुपारिन्छ ।

हाम्रो कलाजगतमा ग्ल्यामर र भल्गर बिचको मसिनो रेखा कोरिनै बाँकी छ । समुन्द्र किनारामा बिकिनीमा देखिनुलाई ग्ल्यामर र समर लभमा न्युड क्लिप्सलाई कलात्मक ढंगले राख्दा पनि भल्गर भनेर चर्चा हुन्छ । शरीरमा लगाइने पहिरनको लम्बाइले ग्यामर नाप्ने होइन भन्ने ज्ञान कसले देख्ला खै ! यसैले होला ग्ल्यामरस देखिन पहिरनको लम्बाई छोट्ट्याउन मोडल कलाकार ।

करिश्मा श्रेष्ठ भलै प्रेममा सफल भइनन्, सिनेमामा पनि असफल नै रहिन्, तर उनलाई धेरै ब्रान्डले ब्रान्ड फेस बनाएका छन् । उनको ग्ल्यामरस लुक नै यसको राज पनि हो । तर ग्ल्यामरस देखिदै गर्दा कहिलेकाहीँ उनी भद्दा देखिन्छिन् । उनका हर्कत अपाच्य लाग्छन् ।

अहिले उनका केही तस्बिर सामाजिक सञ्जालमा भाइरल छन् जहाँ उनलाई ग्ल्यामरस भन्दा भद्दा देखिएको छ । उनको बिस्तारामा अर्धनग्न बनेका यी तस्बिर कुनै तरिकाबाट पनि कलात्मक लाग्दैनन् । उनले कुनै ब्रान्डको विज्ञापन गरेकी हुन् या आफ्नै ? त्यो त खुलेको छैन । तर करिश्मा जी काम गर्दा या सार्वजनिक रूपमा देखिँदा आफूलाई हेर्दै घिन लाग्ने बनाएर प्रस्तुत नहुनुस् न प्लिज । भएका केही फलोअर्स पनि भाग्ने सम्भावना रहन्छ ।