झिसमिसेमै ट्रक र कार ठोक्किए, एक जनाको गयो ज्यान !

by

in

नवलपरासी – पूर्व पश्चिम महेन्द्र राजमार्गको पथ्थर खाेला नजिक मंगलबार बिहान ट्रक र कार ठोक्किँदा एक चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जिल्ला रुपन्देही सिद्धार्थ नगर ८ बस्ने ५९ वर्षीय हरिश्चन्द्र मान श्रेष्ठ रहेका छन् ।

पश्चिमबाट पूर्व आउदै गरेको लु २ ख ५८०५ नम्बरको ट्रक र पूर्वबाट पश्चिम जाँदै गरेको लु ३ च १०२४ नम्बरको कार एक आपसमा ठोक्किँदा साे दुर्घटना भएको हाे ।

दुर्घटनामा कारमा सवार जिल्ला सर्लाही चन्द्रनगर गाउँ पालिका ८ निवासी २८ वर्षका सरोज शाह र २१ वर्षीय सरस्वती शाह घाइते भएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ बेद पाैडेलले बताए ।

कैलालीमा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटना परेर डोटीको जोरायलकी शोभा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको हो । ट्रकमा सवार १७ जना घाइते भएका छन् जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको बुझिएको छ ।

घाइतेहरुको धनगढीको सेती प्रादेशिक अस्पताल,माया मेट्रो र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । चालक भने फरार रहेका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *