सर्लाहीमा घट्यो मुटु हल्लिने घटना: आफ्नै मामा र सौतेनी आमाले मारेर गाडे चिहानमा !

by

in

काठमाडौं । सर्लाहीमा किशोरीको हत्या आरोपमा तीनजना पक्राउ परेका छन् । हरिवन नगरपालिका–११, बालगंगाकी १७ वर्षीया तबसुन खातुनको हत्या गरेको आरोपमा शुक्रबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकका मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीका छोरा २४ वर्षीय शेख असजद रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गएको कात्तिक २६ गते परिवारका सदस्य मिलेर तबसुनको हत्या गरेको र शवलाई बालगंगास्थित चिहानमा गाडेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

त्यसपछि घटना अनुसन्धानका निम्ति इलाका प्रहरी कार्यालय हरिवनबाट टोली खटिएको थियो । सोही प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *