सिन्धुलीमा आफ्नै छोराले बुबा मारे, कारण यस्तो

by

in

सिन्धुली– बुधबार सिन्धुलीमा एक छोराले बाउको हत्या गरेका छन् । जिल्लाको हरिहरपुरगढी गाउँपालिका १ शिखर डाँडामा ३२ वर्षिय दावा घिसिङले आफ्नै वृद्ध बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । सामान्य झैझगडामा घिसिङले आफ्नै बुबा ७२ वर्षिय बुद्धिमान घिसिङलाई बन्चरो र खुकुरी प्रहार गरि हत्या गरेको स्थानियले बताएका छन् । उनी फरार रहेको र खोजि कार्य भइरहेको डिएसपि दाहालले बताउनुभयो ।

स्थानियका अनुसार गाउँकै एक विवाह समारोहमा गएर घर फर्किदा घिसिङ र श्रीमतिबिच विवाद भएको थियो । घिसिङले श्रीमतीलाई कुटपिट गरेपछि बुहारीलाई नकुट्न आग्रह गर्दा बुबा–छोराबिच सामान्य विवाद भएको थियो । सामान्य विवाद हुँदा घिसिङले आफ्नै बुबालाई बन्चरो र खुकुरीले प्रहार गरेको स्थानिय सुमन सिंह रुम्बाले बताउनुभयो । झगडा छुटाउनेक्रममा घिसिङको साईलो भाई लिला बहादुर घिसिङको पनि हात काटिएको रुम्बाले सिन्धुली सौगातलाई बताउनुभयो ।

थप अनुसन्धान भईरहेको डिएसपि दाहालले जानकारी दिनुभएको छ ।