यि हुन ओखलढुंगाकी लक्ष्मी सुनुवार : जो २० वर्षमै बनिन् जहाजको इलेक्ट्रिकल टेक्निसियन ।।

by

in

यि हुन ओखलढुंगाकी लक्ष्मी सुनुवार : जो २० वर्षमै बनिन् जहाजको इलेक्ट्रिकल टेक्निसियन, उनको तलब यति धेरै छ ।

ओखलढुंगाकी लक्ष्मी सुनुवार : जो २० वर्षमै बनिन् जहाजको इलेक्ट्रिकल टेक्निसियन अहिले महिलाहरु जुनसुकै पेशामा पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने थुप्रै उदाहरण देखिएका छन् । ति मध्य एक हुन् ओखलढुंगाकी २३ वर्षीया लक्ष्मी सुनुवार । उनी पनि पुरुषले मात्रै धान्दै आएको पेशालाई आफ्नो बनाएकी छन् ।

उनी सानै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी छन् । अहिले २३ वर्ष पुगेकी लक्ष्मीले ३ वर्ष देखि यो काम गर्दै आएकी छन् । बुद्ध एयरमा काम गर्ने लक्ष्मीले जहाज उड्नुअघि र अवतरण भएपछि उक्त जहाज प्राविधिक रुपले ठिक छ की छैन हेर्छिन ।

जहाजको तार लगायत अन्य विद्युतीय सामग्री ठिक भए नभएको हेर्ने काम उनको हो । साथै जहाजमा इन्धन भर्ने र अवतरण क्रममा जहाजलाई ‘ट्याक्सी-वे’ सम्म बाटो देखाउने काम पनि उनले गर्छिन ।

यो पनि पढ्नुहोस्: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् ।पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रममा ओलीले अनधिकत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम गरिरहेको बताए ।

सरकारले कुनै पनि विधेयक ल्याउँदा संविधानको धारा १८१ अनुसार राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै उनले अघि भने, ‘यो अहंकारी गठबन्धनले धारा १८१ को एक पटक पनि पालना गरेको छैन ।’

गठबन्धनले मसलको भाषा मात्र बोल्न थालेको भन्दै उनले एमालेसँग ठोक्किन आए त्यसलाई पनि ठीक पार्ने चेतावनी दिए । सत्तामा बस्नेहरुमा अहंकार चढ्यो भने तानाशाही हुने भन्दै उनले भने, ‘यस्तो क्रियाकलाप नगर्न सचेत गराउन चाहन्छु । मान्दै मान्दैन भने मंसिर ४ गते हिसाब किताब जनताले गर्छन् ।’

विमान दुर्घटना स्थलबाट एक्लै ७ जनाको उद्धार गर्ने साहसि युवालाई सलाम ४बर्षपछि आमाले छोरी भनेको शब्द सुन्न पायौ भन्दै नन्दिनी भाबुक, “तिमी नभए के हुन्थ्यो” (भिडियो सहित)बाल्यकालको पेलेलाई वयस्क पेलेको चिठी