दुर्गा प्रसाईंद्धारा भोलिदेखि काठमाडौँ बन्दको घोषणा !

by

in

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका छन् । बिहीबार बल्खुमा भएको प्रदर्शनपछि प्रसाईंले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका हुन् ।

अर्थ सरोकारसँग कुराकानी गर्दै प्रसाईंले भोलिदेखि काठमाडौँ बन्द गरिने बताएका छन् । उनले आफुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने भन्दाभन्दै पनि प्रहरीले आफ्नो आन्दोलनमा हस्तक्षेप गरेपछि भोलिदेखि काठमाडौँ बन्द गर्ने बताएका हुन् ।

प्रसाईंका अनुसार बिहीबार बल्खुको आन्दोलनमा प्रहरीको हस्तक्षेपबाट आफूतर्फका केही र प्रहरीतर्फका बढी घाइते भएका छन् ।

प्रसाईंको आन्दोलनमा प्रदर्शनकारीलाई तितरवितर बनाउनका लागि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेको थियो । बिहीबार केही मात्रामा काठमाडौँ खुला भए पनि भोलिदेखि काठमाडौँ पूर्ण रुपमा बन्द हुने प्रसाईंको दाबी छ ।