हातखुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव फेला

by

in

चितवन: चितवन भरतपुरको मिलनचोकस्थित मुख्य राजमार्गको पुलमुनि एक रहस्यमय घटना भएकाे छ।

हात खुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव फेला परेको हो। दुवै शव छुट्टाछुट्टै बोराभित्र भेटिएको हो।

आज दिउँसो करिब १ बजे उक्त शव फेला परेको प्रहरीले जनाएकाे छ। चितवन प्रहरीका डीएसपी विजयराज पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सीमा क्षेत्रमा उक्त शव भेटिएको हो।

मुख्य राजमार्गको सानो पुलमुनी फेला परेको शव अधबैंसे उमेरका रहेको अनुमान गरिएको छ । अनुहारमा घाउचोटसमेत देखिएकाले चिनिने अबस्था नभएको प्रत्यक्षदर्शीले बताएका छन्।