अष्टेलियामा बृद्धलाई कु’ टेर घाइते बनाएकी नेपाली नर्स अस्मिताले २ हात जोडेर भनिन- मलाई…

by

in

काठमाडौं । अस्ट्रेलियामा कार्यरत नेपाली नर्स अस्मिता पाण्डेले प्रहरीले पक्राउ नगरेको भन्दै आफूमाथि सहपाठीहरूले नै ष’ ड्यन्त्र गरेको बताएकी छन् ।एक नर्सिङ होममा कार्यरत उनी बिरामीलाई थ’ प्पड हानेको आरोपमा पक्राउ परेको भनेर त्यहाँको सञ्चारमाध्यम नाइन एन न्यूजले जनाएको थियो ।

पाण्डेले एक भिडिओमार्फत सोमबार अदालतमा सुनुवाइको क्रममा आफूमाथिको मुख्य आरोप फिर्ता लिइसकेको बताएकी छन् ।‘केही समयअघि सँगै काम गर्ने तीनजना अन्य देशका स्टाफले नियोजित रूपमा ष’ ड्यन्त्र गरेर आरोप लगाएका हुन् । हिजो ३० जनवरीमा

अदालतमा सुनुवाइको क्रममा आफूलाई लगाएको मुख्य आरोप प्रहरीले फिर्ता लिइसकेको छ । अन्य आरोपको सुनुवाइ २ महिनापछि हुँदैछ ‘, अस्मिताले भिडिओमा भनेकी छन् ।उनले आफू पक्राउ नपरेको भन्दै वकिलसहित अदालत गएको बताएकी छन् ।

‘हिजो कोर्ट घरैबाट गएको हो । र कोर्टको हियरिङ सकिएपछि सीधै घर फर्किएकी हुँ । नाइन न्यूज सिड्नीको एकपक्षीय समाचारमा आधारित भएर गलत समाचार सम्प्रेषण नगरिदिन हुन सम्पूर्ण नेपाली मिडियाहरूलाई अनुरोध गर्न चाहन्छु ‘, उनले आग्रह गरेकी छन् ।

यो पनि – नेपाली किशोर किशोरीहरु अष्ट्रेलियामा अध्ययनका लागि आउने सपना बुनिरहेका हुन्छन् । तर, ती स्वप्नद्रष्टाहरुले ख्याल गर्नुपर्ने विषय के हो भने अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था के छ, यहाँको सरकारको नीति कस्तो छ अनि कलेज पढ्न आउँदा ख्याल गर्नुपर्ने प्राविधिक पक्षहरु के–कस्ता छन् ?

यो छोटो लेखमा यिनै प्रश्नहरुमाथि सामान्य चर्चा गर्ने प्रयास गरिएको छ । र, यहाँ अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीले ख्याल गर्नुपर्ने पाँचवटा टिप्सहरु पनि दिइएको छ ।मेलबर्नस्थित आरएमआईटी विश्वविद्यालयका पूर्वनायव उपकुलपतिले नेपाली विद्यार्थीहरुले अष्ट्रेलियामा राम्रो प्रतिष्ठा कमाएको बताएका छन् ।

उनको यो भनाइसँग धेरै अष्ट्रेलियनहरु सहमत छन् । नेपालीहरुमाथि अष्ट्रेलियनको विश्वास भारतीयहरु भन्दामाथि देखिएको छ । तथ्यांकहरुले के देखाउँछन् भने यहाँ नेपालीहरुको आय दर र रोजगारीको स्तर भारतीय र चिनियाँ समुदायकोभन्दा राम्रो छ ।

अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरुलाई केही समय अघिसम्म भारतीय नागरिकभन्दा माथिल्लो श्रेणीमा राखेर भिसाका निवेदनहरु केलाउँथ्यो ।अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको आगमनको अवस्था त्यसो त यतिबेला अष्ट्रेलियामा घर किन्ने आप्रवासी समुदायमा पनि नेपालीहरु नै अगाडि छन् ।

बढ्दैछ विकृति- अष्ट्रेलियामा नेपालीहरुको छवि राम्रो भएता पनि यी सबै सफलताको अर्थ भविष्यमा यहीरुपमा मापन नहुने संकेत पनि देखिँदैछन् । नेपालीहरुको संख्या बढेसँगै समुदायभित्र नकारात्मक गतिविधिहरु पनि बढ्दै गएका छन् । यो चाहिँ नेपालीमाथिको चुनौती हो ।

यहाँ रहेका युवायुवतीहरु कुलतमा लाग्ने क्रम बढ्दो छ । पहिलाभन्दा अहिले कम उमेरका विद्यार्थीहरु कलेज पढ्न आउने क्रम भएकाले त्यस्ता कम उमेरका विद्यार्थीहरुले आफूलाई नयाँ परिवेशमा सम्हालेर लान समस्या झेलिरहेका छन् ।एकजना नेपाली मित्र, जो २० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

उनी भन्छन्– नेपाली विद्यार्थीहरुमा आपसी ग्याङ्फाइट बढ्न थालेको छ । केटाकेटीको सम्बन्धलाई लिएर हुने विवाहमा प्रहरीले हस्तक्षेप गर्नेसम्मका गतिविधि भइरहेका छन् ।पछिल्लो समयमा पीआरको मापदण्ड निकै कडा बनाउँदै लगेको र नेपालीलगायत विश्वका अन्य देशबाट अष्ट्रेलिया आउने क्रम

बढिरहेकाले अष्ट्रेलियामा पीआर पाउने उद्देश्य भए पनि अब आउने दिनमा पहिलाभन्दा झन् कठिन हुँदै जाने देखिन्छ ।फेरि कतिपय विषयहरुमा पीआर पाएर पनि बेरोजगारी बढ्दै गएकाले सरकारले स्वाभाविक रुपमा त्यस्ता विषयहरुमा पीआरको मापदण्ड बढाउन थालेको देखिन्छ ।

लहैलहैमा अष्ट्रेलिया आउँदा संकट- अध्ययनका लागि अष्ट्रेलियाका बिभिन्न राज्य र शहरहरुमा रहेका नेपालीहरुको तथ्यांकनेपालबाट आउने बेलामा अष्ट्रेलिया उड्न पाए पुग्छ, अरु सबै कुरा यहीँ आएर व्यवस्थापन हुन्छ भन्ने मनस्थितिले पनि धेरै विद्यार्थीहरु अपूर्ण जानकारी र कमजोर योजनाका साथ अष्ट्रेलिया आउने गर्छन् ।

र, अष्ट्रेलिया आउनेवित्तिकै उनीहरुले धेरै कठिनाइहरु एकैपटक झेल्ने अवस्था आउने गरेको छ । सिडनी सम्झेर आउनेहरू २०० कि.मी. टाढाको उल्लङगङगमा पुग्दा रोजगारीको सम्भावनाबाट बञ्चित भई आर्थिक संकटमा परेका उदाहरण धेरै देखिएका छन् ।

राम्रो विश्वविद्यालय भनेर कम गुणस्तरका विश्वविद्यालय र कलेज पुगेका उदाहरण पनि छन् कतिपय नेपालीहरु ।अधिकांश नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा विश्वविद्यालयको वर्गीकरण र प्रोफाइलका बारेमा थाहा छैन । सिड्नीमा पढ्दैमा यहाँ भएका ८ वटा विश्वविद्यालयका एउटै हैसियत छैनन् ।

धेरै विद्यार्थीहरु अष्ट्रेलिया बस्ने हुँदा कस्तो विश्वविद्यालयमा पढें भन्ने कुराले यहाँ निकै महत्व राख्छ ।कतिपय विद्यार्थीहरु पढाइ सकेर नेपाल फर्कने उद्देश्यले अष्ट्रेलिया आएको पाइन्छ । तर, यहाँ आएपछि प्रायः सबैको अष्ट्रेलियामै बस्ने धारणा बन्दोरहेछ ।‘म आफ्नो प्यासनका कारण जिओग्राफी पढ्न अष्ट्रेलिया आएँ ।

नेपाल फर्केर काम गर्न मलाई त्यो डिग्रीले काम गर्छ भन्ने लागेको थियो । तर, यहाँ आएपछि पीआर लिने र यहीँ बस्ने इच्छा भयो,’ ती नेपाली भन्छन्, ‘यहाँ पढ्दै गरेको कोर्षले पीआर नपाउने भएकाले अहिले कोर्ष परिवर्तन गरें ।’उनको यो भनाइले विद्यार्थीहरु स्पष्ट योजना नबनाइ र चुरो कुरो थाहा नपाई अष्ट्रेलिया आउँदा समय र मेहनत खेर गएको अवस्थालाई दर्शाउँछ ।

काम गर्दै पैसा कमाउँदै पढ्नुपर्ने बाध्यताले नेपाली विद्यार्थीहरुमा पढाइ अनुसारको रोजगारी नपाउने अवस्था सिर्जना हुँदैछ ।एक नेपाली प्रोफेसर भन्छन्, ‘नेपाली विद्यार्थीहरु काममा बढी नै लाग्ने हुँदा पढाइ–लेखाइ अति नै ‘कम्प्रोमाइज्ड’ हुने र प्रोफेसनल जागिरमा जाने प्रतिस्पर्धी क्षमताको विकास हुन नसक्ने अवस्था सिर्जना हुँदैछ ।’

हुन पनि अधिकांश युवाहरु माझ पढाइ एउटा, काम अर्को गरेर बस्नुपर्ने बाध्यता छ ।त्यसो त अष्ट्रेलियाको न्यूनतम तलबमान संसारकै उच्च भएकाले यहाँ कमस्तरको काम गरेर पनि आफ्नो जीवननिर्वाह गर्न गाह्रो छैन । तर लामो समय दु:ख गरेर पढ्ने अनि पढाई अनुसारको काम नपाउनु यही नमज्जाको कुरो हो ।

विद्यार्थी भिसापछि टेम्पोरेरी भिसा पाउने प्रावधानले भने विद्यार्थीहरुलाई निकै सजिलो बनाएको छ ।तर, बस्न चाहने मध्येका जोसँग पीआर हुने विषयको डिग्री छैन, उनीहरुलाई भने निकै समस्या परेको देखिन्छ । लामो समय विद्यार्थीका रुपमा काम गर्नुपर्ने र फी तिरिरहनु पर्नेको विकल्प उनीहरुसँग हुन्न ।

नेपाली विद्यार्थीले ध्यान दिनुपर्ने ५ टिप्स- अहिलेको परिस्थितिमा नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया आउनुअघि निम्न कुराहरुमा गम्भीररुपमा ध्यान पुर्‍याउनु जरुरी देखिन्छः १. अष्ट्रेलिया आउनुको उद्देश्यमा प्रष्ट हुन आवश्यक छ । यदि पढाइ सकेर यतै बस्ने उद्देश्य हो भने त्यही अनुसारको विषय, डिग्री र स्थान रोज्नुपर्छ । त्यो स्थितिमा पीआरलाई केन्द्रमा राखेर अध्ययनको योजना बनाउनुपर्छ ।

२. अष्ट्रेलिया बसाइँ सर्ने उद्देश्य नभई राम्रो शैक्षिक डिग्री लिएर नेपाल फर्कने उद्देश्य हो भने नेपालमा स्कोप भएको विषयलाई ध्यान दिनुपर्छ ।३. विश्वविद्यालय छान्दा ‘वर्ल्ड र्‍याङ्किङ’ वा ‘टाइम हाइअर एजुकेशन र्‍याङ्किङ’ नहेरी माथिल्लो स्तर भएकालाई सकेसम्म प्राथमिकता दिनुपर्छ । हुन त समग्र विश्वविद्यालयको स्तर र आफूले चाहेको खास शैक्षिक कार्यक्रमको स्तर फरक पर्न सक्छ ।

तापनि समग्र विश्वविद्यालयको स्तर नबुझी कार्यक्रमका बारेमा निर्णय लिनु राम्रो हुन्न ।४. कस्तो शहरमा जाने भन्ने बारेमा पनि प्रष्ट हुनुपर्छ । सिड्नी र मेलवर्नका वाटर फ्रन्ट र ठूला संरचना भएका फोटो हेरेर पछि अध्ययन गर्ने बेलामा सानो गाउँले बस्तीमा भएको क्याम्पसमा पुगियो भने बिल्कुल अनपेक्षित अवस्था आउँछ र समस्या हुन्छ ।

५. शैक्षिक परामर्श लिँदा आफ्नो उद्देश्य र परिवेशलाई प्रष्ट राख्नुपर्छ । हुन त अष्ट्रेलिया सरकारले विद्यार्थीहरुलाई स्वतन्त्ररुपले युनिभर्सिटी भर्ना हुन उत्प्रेरित गरेको छ । तथापि एजेन्टहरुले सल्लाह दिन सक्छन् । तर, सल्लाह लिने क्रममा आफू प्रष्ट भएन भने सल्लाह गलत हुन सक्छ । यसो भएर दुःख पाइरहेका विद्यार्थीहरु पनि प्रशस्त भेटिन्छन् ।