पि’ताको मृ’,त्युमा छोरीहरुले मनाए उत्सव, नाच्दै निकालियो श,वयात्रा कारण थाहा पाउदा दुनिया भयो च’कित

by

in

एजेन्सी । कुनै पनि व्यक्तिको मृत्यु हुँदा उसका सन्तानहरु खुसी हुन सक्दैनन् । मृ,तकका सन्तान मात्र हैन उसका अन्य आफन्त समेत शोकमै डुबेका हुनछन् । कुनै पनि व्यक्तिको मृ’,त्यु हुँदा उसको पूरै घरमा शोकको माहोल हुन्छ।

तर,एक उद्योगपतिको मृ’,त्युमा सबैलाई आश्चर्यचकित पार्दै उनको अन्तिम यात्रामा भने उनका छोरीहरुले उत्सव मनाए।धुमधामसँग ब्याण्ड बाजासहित उनको शवयात्रा निकालियो। शवयात्रामा ४ छोरीहरुले मचाले नाचेर उत्सव मनाए। उनीहरुले धुमधामका साथ पिताको श’वयात्रा लिएर शम्शान घाट जाँदा देख्नेहरु सबै चकित परेका थिए।

भारतको नयाँ दिल्ली नजिकै नोएडामा यहाँका उद्योगपति तथा नोएडा इन्टरप्रेनर्स एसोसिएसनका पूर्व अध्यक्ष हरिभाइ लालवानीको बिहीबार मृ’,त्यु भएको थियो। ब्रेनस्ट्रोकका कारण गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका लालवानीको अस्पतालमै मृ’,त्यु भएको थियो। शनिबार उनको अन्तिम संस्कार गरिएको हो।

लालवानीकी जेठी जोरी अनिताका अनुसार उनको मृ’,त्युमा गरिएको उत्सव मृ’तक लालवानीकै इच्छा थियो। लालवानीले जसरी बच्चा जन्मिँदा उत्सव मनाइन्छ त्यसरी नै उनको मृ’,त्युमा पनि उत्सव होस् भन्ने चाहन्थे। उनको सोच थियो ‘मृ’,त्यु पनि निकै सुन्दर हुन्छ होला, जसलाई पाउनको लागि जिन्दगी गुमाउनुपर्छ।’ लालवानीले यति सुन्दर मृ’त्यु पाउँदाको यो सफर यो संसारमा उनको अन्तिम उत्सवको रुपमा मनाइयोस् भन्ने चाहना राखेका कारण आफूहरुले यस्तो उत्सव गरेको अनिताले बताएकी छिन्।

यस्तै घ’टना नेपालमा पनि भएको थियो । २०७५ सालको माघमा राजधानीको पाँचतारे होटल र्याडिसनमा सोही होटलका संस्थापक अध्यक्ष गोविन्ददास श्रेष्ठको निधनलाई भने ‘उत्सव’का रुपमा मनाइएको थियो ।

नेपालको होटल तथा पर्यटन उद्योगका पायोनियर मानिने श्रेष्ठको ८६वर्षको उमेरमा मुम्बइमा निधन भएको थियो । उनको अन्तिम इच्छा अनुसार चितवनको देवघाटमा दाहसंस्कार गरेका परिवारले धार्मिक अनुष्ठानबाट काजकिरिया सकेपछि स्वर्गीय श्रेष्ठको आत्माको शान्तिका लागि ‘उत्सव’ मनाएका थिए ।

श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रमस्थलमा सेतो ब्यानरमा कालो अक्षरले लेखिएको थियो–डेथ इज अ सेलिब्रेसन अफ लाइफ’ । अर्थात मृ’,त्यु भन्नु जीवनको एक उत्सव हो । यो भनाइ पनि श्रेष्ठकै हो । उनी आफ्ना साथीभाइहरुसँग यसै भन्ने गर्थे,जुन कुरा संस्कृतिविद शतवार्षिकी पुरुष सत्यमोहन जोशीले सो अवसरमा सुनाएका थिए ।

परिवारको तर्फबाट आयोजित कार्यक्रममा स्वर्गीय श्रेष्ठका हितैषीहरु सत्यमोहन जोशी सहित होटल याक एण्ड यतिका राधेश्याम सर्राफ,सांग्रिलाका संस्थापक श्यामवहादुर पाण्डे,द्धारिकाजकी संस्थापक अम्बिका श्रेष्ठलगायतले उनीसँगका पलहरु सुनाएका थिए ।

उमेरले एक शतक पार गरिसकेका जिवित इतिहास सत्यमोहनले श्रेष्ठको मृ’,त्युलाई उत्सवकै रुपमा लिइदिन आग्रह गर्दै भने ‘वास्तवमा यो जीवन भ्रम हो । गीतामा भनिए जस्तै शरीरले चोला फेर्छ तर आत्मा त कहिल्यै म’र्दैन । सायद गोविन्ददासजी आज आफ्नो जीवनको उत्सव यतै कतैबाट हेरिरहनु भएको पो छ कि ? त्यसैले जीवनले चोला फेर्दा उत्सव मनाउँ ।

छोरा अनिलदास श्रेष्ठ र बुहारी मिसु कार्यक्रमको अघिल्लो लहरमा थिए, तर उनीहरुले पिताको बारेमा केही बोलेनन् । छोरी अनुले आफ्नो पिताको योगदान र उनको जीवनका फरक पाटाहरुको बारेमा चर्चा गरिन् । कार्यक्रममा श्रेष्ठसँग बिभिन्न कालखण्डमा सहकार्य गरेका पूर्वराजदूत केदारभक्त श्रेष्ठ, होटल संघका अध्यक्ष योगेन्द शाक्य,पत्रकार मात्रिका पौडेललगायतले श्रेष्ठको सम्झना गरेका थिए ।

स्वर्गीय श्रेष्ठले आफू र पत्नीको नाममा सरस्वती गोविन्द फाउण्डेशनमार्फत सामाजिक काममा ठूलो रकम खर्च गरेका छन् । सो संस्थामार्फत श्रेष्ठको स्मृति ताजा राख्न अधूरा कामहरु अघि बढाइने परिवारका सदस्यले बताए । श्रेष्ठले देवघाटमा बृद्धाश्रम, म्याग्दीको गलेश्वरमा तीर्थयात्री भवन र ललितपुरमा रोटरीमार्फत गरीव र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि डेढ करोड दिएका छन् ।

काठमाडौंको ओटुस्थित मंगलघरमा जन्मिएका गोविन्ददास श्रेष्ठ नेपालको पूरानो व्यापारिक घरानाका सदस्य हुन् । मंगलघर राणाकालमा निकै प्रख्यात र प्रतिष्ठित व्यापारिक घर थियो । गोविन्ददासका जेठा मामाले रोलवाला राणाकी छोरी भगाएपछि राणा शासकले फाँसी दिने भएपछि फाँसीबाट बच्न कलकत्ता गए । मामासँगै गोविन्ददासले पनि उतै गएर पढाइ पूरा गरेको बताएका थिए ।

२००७ सालको परिर्वतनसँगै नेपाल फर्किएपछि उनी पुख्र्याैली पेशा व्यापार व्यवसायतिरै लागेका थिए । राणाकालमा बत्तीस कोटी महाजन भनिने मंगल घरलाई उनले विदेशीहरुका लागि किनमेल गर्न सजिलो होस् भनेर ब्लु बकेट नामाकरण गरी यहीँबाट व्यवसायिक जीवन आरम्भ गरेका थिए ।

घुम्ने फिर्ने शोख भएका श्रेष्ठले नेपालमा पर्यटन विकासको सपना पूरा गर्न २०२० सालतिर हिमालयन ट्राभल्स शुरु गरेका थिए, जुन अहिले पनि चलिरहेको छ । तत्कालिन अधिराजकुमार बसुन्धराले खोलेको ट्राभल्सपछि यो दोस्रो पुरानो हो । श्रेष्ठले चितवनमा कृषि र ह्याचरी उद्योग पनि सन्चालन गरेका थिए ।