गायिका मधु क्षेत्रीमाथि अस्ट्रेलियामा श्रीमानद्वारा कुटपिट : छोरीलाई शारीरिक दुर्ब्यबहार

भर्खर दोश्रो बिबाह गरेर आफ्नो छोरीसहित अष्ट्रेलिया बस्न पुगेकी हस्यौली-ठट्यौली दोहोरी गायिका मधु क्षेत्रीलाई उनका भुटानी मुलका श्रीमानले कुटपिट गरेका छन्।

‘सोचेझैं जिन्दगी रैनछ’ जस्ता दर्जनौं लोक तथा दोहोरी गितहरु गाएर नेपाली जनमानसमा छाएकी गायिका क्षेत्रीलाई उनकै श्रीमान सुरेश खड्काले आफूलाई रक्सी खाएर कुटपिट गरेको भन्दै गएराती एउटा भिडियो संदेश जारी गरेकी छिन। उनले आफ्नो भिडियो सन्देशमा आफ्नी छोरीमाथि पनि यौन दुर्ब्यबहार भएको आरोप उल्लेख गरेकी छिन।

उनले सार्वजनिक गरेको टिकटकमा भिडियोमा आफ्नो श्रीमानले जाँडरक्सी खाएर आफू माथि कुटपिट गरेको, गाली गरेको, ससुराले आफू र छोरीमाथि शारीरिक दुर्ब्यबहार गरेको बताएकी छन् । उनले आफ्नो श्रीमान विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी समेत दिएकी छिन् । उक्त भिडियोमा सयौं शुभचिन्तकले कमेन्ट गरिराखेका छन् ।