पाल्पाबाट बुटवल जाँदै गरेको स्कारपियो दुर्घटना, तीन जनाको मृत्यु

by

in

तिनाउ गाउँपालिका–२ नुवाकोट पाल्पाबाट बुटवल फर्किँदै गरेको स्कारपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । स्कारपियो दुर्घटनामा परी २ जना घाइते भएकाे ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएकाे छ ।

नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको स्कारपियो सडकदेखि करिब सय मिटर तल खसेको थियो । दुर्घटनमा परी मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल उपमहानगरपालिका–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते उनीहरुलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेकाे बताइएकाे छ ।

यसैगरी दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना बुधबार साँझ करिब ८ बजेर २५ मिनेटको समयमा भएको थियो । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तस्वीरः सांकेतिक तस्वीर गुगल