Month: June 2024

  • झापामा सशस्त्र प्रहरीले गर्यो स्थानीयलाई हेल्मेट प्रहार

    झापामा सशस्त्र प्रहरीले गर्यो स्थानीयलाई हेल्मेट प्रहार

    by

    in

    झापा एक्सप्रेस, असार १६ । झापाको दक्षिणी सीमावर्ती पालिका झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई हेल्मेटले हानेका छन् । हेल्मेट प्रहारबाट झापा गाउँपालिका-४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र मुख फुटेर रगताम्य भएका उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । आज आइतबार दिउँसो पन्थापाडा र सुकुमबासी बस्तीको…

  • धनगढीकि एक युवती ६ दिनदेखि बेपत्ता

    धनगढीकि एक युवती ६ दिनदेखि बेपत्ता

    by

    in

    धनगढीः कैलालीको धनगढीबाट एक युवती ६ दिनदेखि बेपत्ता रहेकी छन्। धनगढी–३ कि २२ वर्षीया सुनिता देउवा ६ दिनदेखि बेपत्ता रहेकी छन्। धनगढी उपमहानगरपालिका–३ जानकी मन्दिर टोलस्थित घरबाट असार ११ गते दिउँसो ३ बजे नजिकै रहेको दिदीको घर जान्छु भनेर हिँडेकी सुनिता त्यसपछि भने आजसम्म परिवारको सम्पर्कमा आएकी छैनन्। बेपत्ता भएपछि एकचोटि फोन गरेर पहाड आएको…

  • हेर्दाहेर्दै तामाकोशीमा हेलिइन् काठमाडौंबाट घर हिँडेकी ओमा

    हेर्दाहेर्दै तामाकोशीमा हेलिइन् काठमाडौंबाट घर हिँडेकी ओमा

    by

    in

    दोलखा– शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । दोलखाको तामाकोशी बजारनजिकैको पक्की पुल छेउमा एकजना महिला हिँड्दै नदीतिर गइरहेको उक्त भिडियोमा देख्न सकिन्छ । हिँड्दै तामाकोशीतिर अघि बढिरहँदा माथिबाट भिडियो खिचिरहेका र अन्यले उनलाई त्यतातिर नजान भनिरहेका छन्। तर उनी एकसुरमा नदीतिर अघि बढिरहिन् । भिरालो ठाउँबाट नदी किनारमा पुगेकी उनलाई माथिबाट कराउँदै…

  • एक रुसी ब्यापारी : जसले गर्लफ्रेन्डका लागि पैसाकै कार्पेट बनाए

    एक रुसी ब्यापारी : जसले गर्लफ्रेन्डका लागि पैसाकै कार्पेट बनाए

    by

    in

    संसारमा अनेक खालका अनौठा मानिसहरू छन् जसको हर्कतले जो कोहीलाई कहिले हसाउँछ, कहिले त्रसित बनाउँछ त कहिले अचम्मित तुल्याउँछ। हालै एउटा यस्तै भिडियो भाइरल बनिरहेको छ । जसमा ती व्यक्तिले एउटा इन्स्टाग्राम भिडियोबाटै आफ्नो धनसम्पत्तिको यसरी बखान गरेका छन् कि त्यो देख्दा जोकोही पनि स्तब्ध बन्दछ। इन्स्टाग्राममा @mr.thank.you नामबाट चर्चित रुसी व्यापारी सर्गेइ कोसेन्कोले आफ्नी…

  • खुट्टाले लेखेरै ३.३७ जिपिए

    खुट्टाले लेखेरै ३.३७ जिपिए

    by

    in

    गुल्मी छत्रकोटका १९ वर्षीय ऋषिराम कँडेल जसले खुट्टाले लेखेरै एसइई परीक्षामा ३.३७ जिपिए ल्याए गुल्मीको छत्रकोट गाउँपालिका– ४ का १९ वर्षीय ऋषिराम कँडेलले खुट्टाले लेखेरै एसइई परीक्षामा ३.३७ जिपिए प्राप्त गरेका छन् । शृंगा जनता माविमा अध्ययनरत उनले रुरु क्षेत्र गाउँपालिकाको जनबोध मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परीक्षा…

  • एसईई पास गरेर उच्च शिक्षा सुरुवात गर्न नपाउँदै दुर्घटनामा परेर अस्ताईन नेहा

    एसईई पास गरेर उच्च शिक्षा सुरुवात गर्न नपाउँदै दुर्घटनामा परेर अस्ताईन नेहा

    by

    in

    जनकपुर– गौर–चन्द्रपुर सडकखण्ड अन्तरगत गरुडा नगरपालिकाको सखुवा र जयनगरको बीचमा शनिबार बिहान बस दुर्घटना हुँदा एक बालिकाको ज्यान गयो। ना ७ ख ८४१४ नम्बरको बस दुर्घटनामा परेर माधवनारायण नगरपालिका–३ भेल्हीकी १८ वर्षीया नेहा कुमारी गिरीले ज्यान गुमाईन। गौरबाट भैरहवातर्फ गइरहेको बस गरुडा नगरपालिका–१ स्थित जयनगर चोकमा शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो।…

  • डडेल्धुरामा सब–ओभरसियर घाटी रेटिएको अवस्थामा फेला

    डडेल्धुरामा सब–ओभरसियर घाटी रेटिएको अवस्थामा फेला

    by

    in

    डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा कार्यरत सब–ओभरसियर घाटी रेटिएको अवस्थामा फेला परेका छन् । अमरगढी नगरपालिका–५ का ४५ वर्षीय डम्बरबहादुर भट्ट शनिवार बिहान घर नजिकै घाटी रेटिएको अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दीपक कार्कीले घाइते भट्टको उपचारका लागि धनगढी लगिएको बताए । उनले भट्टलाई धनगढीबाट पनि उपचारका लागि काठमाण्डौं…

  • रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते

    रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते

    by

    in

    रौतहट– रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना यात्रु घाइते भएका छन् । गौरबाट भैरहवा तर्फ गइरहेका ना.७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा बिहान ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र…

  • एसइई फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या

    एसइई फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या

    by

    in

    एसइई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसइई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् । उनले बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशाले आफ्ना अभिभावकलाई सुसाइट नोटमा परीक्षा बिग्रिएकै कारण आफूले…

  • दक्षिण कोरियाको गुमिमा कम्पनी दुर्घटनामा एक नेपाली युबकको दु:खद निधन

    दक्षिण कोरियाको गुमिमा कम्पनी दुर्घटनामा एक नेपाली युबकको दु:खद निधन

    by

    in

    बिशाल आवाज: स्थाई घर सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ३ धुस्कुन हिले भइ हाल दक्षिण कोरियाको 경상북도 구미 भन्ने ठाउँमा होम पाइप बन्ने कम्पनिमा काम गर्ने प्रकाश भन्डारीको बुधवार बिहान ११ बजे कार्यस्थलमा काम गर्दा गर्दै दुर्घटनामा परि दु:खद निधन भएको हो । दक्षिण कोरिया प्रबेश गरेको १६ महिना मात्र भएको मृतकको घटना घटे…